काठमाडौं । नेपालसंगै दुनियाँका कयौं देशहरु कोरोना महामारिको खिलाफ जंग लड्दैछन् । कोरोनाको पहिलो लहरमा विश्वका वृद्ध र दिर्घ रोगी बढी कोरोनाबाट प्रभावित बनेका थिए । तर कोरोनाको दोश्रो लहरामा युवाहरु पनि हुन थालेका छन् । अब तेश्रो लहरमा बालबालीकाहरु प्रभावित हुने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गर्दै कयौं गरिब देशहरुले फ्रन्टलाइनरलाई खोप दिन नपाइरहेका बेला विश्वका १२ धनि राष्ट्रले १२ वर्ष देखी १८ वर्षका बालबालीकालाई समेत खोप अभियान सुरु गरेका छन् ।

अमेरिकाको पीडियाट्रिक्स एसोसिएशन रिपोर्टक अनुसार महामारी भएदेखी यो वर्षको मेसम्म विश्वभर ४० लाख बाबालबालीका कोरोना संक्रमित भैसकेका छन् । उता युनिसेफको रिपोर्टले पनि बन्दाबन्दीका कारण विश्वका २ करोड २० लाख बालबालिकाको शिक्षामा नराम्रो असर पारेको उ=उल्लेख गरेको छ । त्यसैले धनी राष्ट्रहरले बालबालकिालाई खोप लगाउन जोड दिएका हुन् ।

कुन राष्ट्रले बालबालीकालाई खोप लगाउँदै छन् ?

अमेरिका : १२ देखी १५ वर्ष बीचका बच्चाहरूलाई फाइजर बिरूद्ध खोप लगाईएको छ।
क्यानडा : मेदेखि नै १२ देखि १५ वर्ष बीचका बच्चाहरूलाई फाइजर बिरूद्ध खोप दिन थालिएको छ ।
जापान: खोप २८ मे देखि शुरू भएको छ।
इटाली : मेमा १२ र १५वर्ष बीचका बच्चाहरूलाई फाइजर खोप दिनका लागि अनुमोदन गरिएको छ ।
दुबई : १२ देखि १५वर्ष बीचका बच्चाहरूलाई फाइजर बिरूद्ध खोप लगाईएको छ।
सिंगापुर : १२ र १८ बीच बीचका बच्चाहरूको खोप जारी छ।
पोल्याण्ड : बच्चाहरूको खोप अभियान सुरु भएको छ ।
लिथुआनिया : बच्चाहरूको खोप जुनबाट सुरु हुने छ ।
रोमानिया : खोप सुरु भएको छ।
हंगेरी : १६ देखि १८ वर्षका बच्चाहरूलाई खोप लगाउने काम मेदेखि चलिरहेको छ।
नर्वे : अहिले गम्भीर संक्रमणको जोखिममा बच्चाहरूको मात्र खोपलगाइएको छ ।
स्विजरल्याण्ड : १२ देखी १५ वर्ष सम्मका बच्चाहरूको खोप अभियान जारी ।

यी देशहरूले चाँडै खोप दिन थालिने छ

फ्रान्स : जुन १२ देखि १५ १८ वर्ष बीचका बच्चाहरूले फाइजर खोप पाउनेछन्।
जर्मनी : १२ वर्षदेखि १८ वर्ष बीचका बच्चाहरूलाई खोप दिइनेछ।
इस्टोनिया: खोप सेप्टेम्बरदेखि सुरु हुनेछ।
अस्ट्रिया :अगस्टसम्म ३.४० ​​लाख बच्चाहरूलाई खोप दिने लक्ष्य छ।
इजरायल : १२ देखि १८वर्ष उमेरका अर्को हप्तादेखी खोप लगाइने छ ।

गरिब राष्ट्र हेरेको हेरैं

जहाँ धनि राष्ट्रहर बालबालकिालाइ धमाधम खोप लगाउन सुर गरेका छन्, त्यहि गरिब राष्ट्र भने खोप आउने बाटो हेरेको हेरैं छन् । ‘मे’ महिनामै बिबिसीले उल्लेख गरेको डाटाअनुसार विश्वका ९० गरिब देशले खोप अभियान समेत सुरु गरेका छैनन् । नेपाल, पाकिस्तान , अफगानिस्तान लगायतका देशहरुले खोप लगाउन सुरु गरेपनि दोश्रो डोज खोप कहिले लाउने पर्खिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि धनी देशहरूले बच्चाको खोप स्थगित गरी गरिब देशहरूलाई खोप दान गर्न सुझाव दिएको छ । अक्सफोर्ड-एस्ट्राजेनेका क्लिनिकल परीक्षणका प्रोफेसर एन्ड्र्यू पोलार्डले पनि बिबिसीसंगको अन्तवार्तामा गरिब राष्ट्रका वृद्ध तथा फ्रन्टलाइनमा काम गर्नलाई नै खोप नपुगेको बेला धनीदेशले बालबालीकालाई खोप लगाउन सुरु गर्नु नैतिक रुपमा पनि गलत बताएका थिए ।

‘यो राजनीतिक निर्णय हुनेछ कि कुनै देशमा मृत्युवरण गरिरहेका वयस्कको बदलामा हामीले बालबालीकालाई प्राथमिकतामा राखेका छौं । किनभने कुनै पनि विश्व वैज्ञानिकले बालबालीकालाइृ खोप लगाएपछि कोरोना संक्रमण हुँदैन भन्ने ठोस प्रमाण दिएका छैनन्, उनले भनेका छन् ।’