आमा बिल्कुल बद्लिएकी छैनन्
आज पनि उनी मलाई आफ्नो एक आवाज मै ब्युझाउन चाहन्छिन्
अनि म सधै झै अटेरी
म उठ्न चाहन्न्थे
आखिर हिजो बल्ल त म सुकुनको साथ सुतेको थिए

आमा, तिमी किन बुझ्दिनौ मेरा रातहरु अनिदै बितेका कुरा
किन बुझ्दिनौ तिमी ख्वाबहरु रित्तेका कुरा
तिमी बस् मलाई सबेरै उठाउन चाहन्छौ अनि दौडाउन चाहन्छौ जिन्दगीको पछाडि
आमा, तिमीलाई के थाहा कत्ती काल बितिसक्यो म जिन्दगी संग थाकेर हारेको
कत्ती काल बितिसक्यो , जिन्दगीले मलाई पछारेको
हिजो आज त बस् म श्वास फेर्ने साहस खोज्दै थिए
जिन्दगी अल्झाउने एक त्यान्द्रो आस खोज्दै थिए
आमा, म अल्झिएको छु फुकाउन नसकिने गरि
बिन्ती, तिमी अझै मलाई आफ्ना आशुहरुमा नअल्झाउ

धन्न आशुको कुनै रङ्ग हुँदैन
यदी हुने थियो त हरेक बिहान सिरानीको दाग संगै देखिने थिए तिम्रा प्रश्नहरु
अनि हुने थिए म सधै नै बेजवाफ
आमा, आफ्नै अस्तित्व माथी प्रश्न उठेको बेला कसरी दिन सकौला र म तिम्रा प्रश्न हरुको जवाफ
हो आमा तिनै बेजवाफ प्रश्नहरुले मलाई रात भर ब्युझाउछन
अनि जब मिर्मिरेमा म निदाउछु, तब तिमी मलाई ब्युझाउछौ

आमा, आज मलाई निदाउन देउ
बिन्ती मलाई नब्युझाउ
हिजो बल्ल तल्ल निदाउने हिम्मत बटुलेको छु
बिन्ती आफ्ना वचनहरुले तिमी मलाई नबहकाउ
बरु आमा, अलिक चिसो लाग्दै छ त्यो छेउमा राखेको कात्रो तिमी मलाई ओढाउ
बिन्ती आमा आज मलाई नब्युझाउ