काठमाडौँ । कोरोना कहरबाट गुज्रिरहेको मुलुकमा पुन: अर्को म्युकोरमाइकोसिस (कालो ढुसी) नामक संक्रमणले पनि पाइला टेकेको छ । कारोना संक्रमणबाट निको हुँदै गएका मानिसहरु अब कालो ढुसीको आक्रमणमा पर्न थालेका छन् ।

एउटा ट्रेन्ड नै छ, भारतमा जुन-जुन रोग देखीयो, त्यस्ता रोगहरु नेपालमा पनि स्वत देखिन थाल्छन् । पछिल्लो उदाहरण पस्किनुपर्दा भारतमा कोरोना सङ्क्रमण घट्दै जाँदा नेपालमा पनि मत्थर हुँदै गएको थियो । फेरी भारतमा कोरोनाको दोस्रो लहरको उछाल आउँदा नेपालमा पनि त्यतिकै मात्रामा भयानक बन्यो । ठीक त्यस्तैगरी केहि ‘मे’ महिनामा पूर्वी भारतको कोलकातामा कोभिड निको भैसकेका एक पुरुषमा ढुसीको सङ्क्रमण भएको पत्ता लाग्यो । उसलाई ब्ल्याक फंगस अर्थात् कालो ढुसी भएको पुष्टि गरियो । ठिक कोरोनाकै जस्तो भारतमा देखिएको केहि सातामै नेपालले पनि त्यो रोगलाई स्वागत गर्यो । अर्थात् वैशाखको तेश्रो साता कालो ढुसी नेपालमा पहिलो पटक वीरगञ्जका ६७ वर्षीय एक पुरुषमा देखीयो ।

बिस्तारै भारतमा फंगजका पनि प्रकार जस्तो कि (ब्ल्याक फंगज, सेतो फंगज र पहेंलो फंगज देखा पर्न थालीसकेका छन् । बिबिसी भारतका अनुसार भारतमा अहिलेसम्म झन्डै १२ हजारमा यस्ता ढुसी सङ्क्रमणको पुष्टि भइसकेको छ। जसमध्ये दुई सय भन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ। ती ढुसीहरुले विशेषगरि कोभिडबाट निको भैसकेका हरुको नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई असर पुर्योउने गरेको छ । भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई यस्ता ढुसीहरूले च्याप्ने गरेको रेकर्ड छन् ।

नेपालमा ढुसीको सङ्क्रमण किन देखा परेको हो ?

कालो ढुसी भनेको सामान्य जिवनमा हामीले देख्ने ढुसी जस्तै पाउरोटीमा लाग्ने ढुसी, अध्याँरो कोठा भिजेको ठाउँमा हुने खालको ढुसी हो । संक्रामक रोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार खागसरि अहिले कोभिड-१९ पछि देखीएको ढुसी भने बिरामी राखेको ठाउँहरू सफा नभएपछि निक्लिएको ढुसी हो । उदाहरणका लागी -कोभिडको बिरामी बसेको कोठामै ढुसी छ भने त्यहाँ यो संक्रमण हुन् सक्छ किनभने संक्रमितलाई स्टेरोइड भन्ने औषधि दिइएको हुन्छ । त्यो औषधिले प्रतिरोधात्मकता क्षमता घटाएको हुन्छ । सोहि समयमा बिरामी बस्ने कोठाका ढुसी, ब्याक्टेरियाले भए तिनले सजिलै बिरामीलाई सङ्क्रमण गर्न सक्छ ।

डा.कोइरालाका अनुसार हाल कोरोनाका बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले सिलिन्डरको कमी हुँदै गएको अवस्था थियो । जहाँ मानिसहरुले दसौं वषैदेखी उद्योग कलकारखानाले प्रयोग गरेका सिलिन्डर ल्याएर अक्सिजन दिन थाले । त्यही पुराना सिलिन्डर नाकमा लाउँदा बिस्तारै नाक, अनुहार, आँखा हुँदै कालो ढुसीको सङ्क्रमण हुन सक्छ ।

यो रोग कोरोना सङ्क्रमणको दोस्रो लहरपछि चर्चामा रहे पनि चिकित्सहरुका लागी भने नौलो नभएको डा. कोइरालाले जनाए । साथै उनले भारतमा देखिएको जस्तो कालो ढुसी बाहेक सेतो तथा पहेँलो नेपालमा देखिने सक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

भारतमा कोभिड बिरामीलाई नयाँ नयाँ प्रकारका औषधिले उपचार गरिने हुँदा त्यहाँ बढी प्रकारका ढुसीका सङ्क्रमण फेला परेको उनको भनाई छ ।

त्यस्तै अब नेपालमा देखा नपरेको भएपनि भारतमा देखीसकेका सेतो र पहेंलो ढुसी के हो त ?

दिल्लीको एम्स अस्पतालमा न्यूरोलजी विभाग प्रमुख डाक्टर पद्मा श्रीवास्तवका अनुसार भारतमा देखिएको सेतो ढुसी कालो ढुसी भन्दा बिलकुल फरक बिमार हो । यसको वास्तविक नाम क्यान्डिडिआसिस हो। यो अधिकतर आईसीयूमा भर्ना बिरामीहरूमा फेला पर्दछ। केहि सातादेखी मानिसहरु एन्टिबायोटिक औषधि बढी लिइरहेका छन्, यस्तो अवस्थामा एन्टिबायोटिकको साथमा यो सेतो ढुसी सङ्क्रमण पनि फैलिने डा।श्रीवास्तवले एक भारतीय संचार माध्यमको एक अन्तवार्तामा बताएकि छिन् ।

‘यो गम्भीर रोग हो, यो आईसीयूमा बिरामीलाई हुन्छ जो पहिले नै एकदम कमजोर छ, उनी भन्छिन्, सेतो ढुसीले सीधै फोक्सोलाई असर गर्छ।

यो ढुसीले पहिले फोक्सोलाई संक्रमित गगर्ने र त्यसपछि अन्य अंगहरूलाई असर पार्ने डाक्टर श्रीवास्तवले भनिन् । अन्य अंगहरु जस्तै नङ, मिर्गौला, पेट, मस्तिष्क र मुख भित्र समेत असर गर्न सक्ने उनको भनाई छ । तथापि यो रोगको पनि उपचार विधि भएको डा. श्रीवास्तव खुलाउँछिन् ।

पहेंलो ढुसी के हो ?

ईएनटी विशेषज्ञ डा. बीपी त्यागीले भारतिय संचार माध्यम अबिपीलाई जनाएअनुसार उनले आफ्नो तीस वर्षको डाक्टरी अनुभवमा भारतमा पहिलों पटक पहेंलो ढुसी रोग देखेको उल्लेख गरे । पहेंलो ढुसीको मेडिकल नाम म्यूकोर सेप्टिकस हो। यो हालसम्म मानवमा पाइने थिएन । कोरोनाका बिरामीहरूलाई पहेंलो ढुसीको जोखिम बढी भनिएको छ। यसको लक्षणको बारेमा कुरा गर्दा अल्छि लाग्ने, छिटो तौल घट्ने, भोक कम हुनु जस्ता कुराहरु सामान्य लक्षणहरू हुन्। तर यस बाहेक, आँखामा पस जम्नु यसको गम्भीर लक्षण हो।

सेतो, कालो र पहेंलो ढुसी सामान्यतया एक्स-रे वा सीटी स्क्यान मार्फत पत्ता लाग्छ। पहेंलो ढुसीको रोकथाम र वजाउ गर्न आफ्नो घर तथा बस्ने ठाँउ वरिपरि सफा राख्नुपर्दछ । यससँगै, यो ढुसी केवल ओसिलो स्थानमा फस्टाउँछ, त्यसैले घर वा कार्यालयलाई हावादार बनाउनुपर्छ ।

कुन उमेर समूहकालाई खतरा हुन्छ

यो सङ्क्रमण विषेगगरि मध्यम उमेर समूहकालाई देखिएको छ ।
जस्तो ४५ देखी ६५ वर्षका उमेर समूहमा ।
मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
– लामो समयसम्म रोग प्रतिरोध क्षमता कम गराउने धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधीको प्रयोग गर्नाले ।

कोभिड १९ का संक्रमितहरुमा यो रोग देखीने छ । त्यसैले एन्टीबायोटिक वा स्टेरोइड औषधिहरु चिकित्सकहरुको परामर्शमा मात्रै प्रयोग गर्नुपर्ने र अनावश्यक प्रयोग गर्दा यस्ता जटिलताहरु देखीने मन्त्रालयको सुझाव छ ।

यसबाट कसरी बच्ने

कालो ढुसीको सङ्क्रमण हुनबाट बच्न स्वासथ्य मन्त्रालयले निम्न कुराहरु गर्न भनेको छ ।
सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने।
– धेरै धुलो भएको र ओसिलो ठाउँमा नबस्ने ।
– नुनिलो पानीले नाक सफा गर्ने
– पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने।
– जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने।
– मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रणमा राख्ने।
– स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने।

त्यस्तै मन्त्रालयले निम्न लक्षण भएमा कालो ढुसीको संक्रमण हुन सक्ने जनाएको छ ः

ज्वरो आइरहने, कम नहुने हुन्छ ।
कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरू
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने। नाक बन्द हुने ।

– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने।
– आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने।
– नाकबाट रगत बग्ने, सिँगान बाक्लो हुने ।
– दाँत दुख्ने वा हल्लिने।