काठमाडौं । यो साता लगातार देशमा कोरोना भाइरसको संक्रमण हुने भन्दा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नेपालमा थप ५ हजार ०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो

आजको दिन जम्मा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।

त्यस्तै आज कोरोनाबाट ६८ जनाको मृत्यु भएको छ । । योसंगै मुलुकभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।