काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९) का ३ हजार ४ सय ७९ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ३१ संक्रमित थपिएका छन् । जसअन्तर्गत काठमाडौंमा १ हजार १ सय ३१, ललितपुरमा २ सय ५४ र भक्तपुरमा १ सय ४६ जना छन् ।

हाल सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ३६ जना निको भएका छन् ।