काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड —१९ रोकथाम नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ ।

फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारी ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले विवरण माग गरेको हो । मन्त्रायलयले आइतबार सूचना जारी गरि सरकारी अस्पताललाई पत्र पठाउँदै विवरण माग गरेको हो ।

मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँगलाई विवरण बुझाउन निर्देशन दिएको हो । सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र जोखिम भत्ता भुक्तानी गर्ने जनाएको छ ।