काठमाडौं । देशमा कोरोनाको सन्त्रास छाएको बेला सामाजिक सञ्जालमा भने पछिल्ला केही साताहरूमा नेपाली फुटबल मोह देख्न मिलिरहेको छ ।  नेपाल खेल हेर्ने दर्शक र खेलाडी दुवै उतिकै खेलका लागी उत्साहित भएको सम्भवतः फुटबलको इतिहासमा यो नै पहिलो पटक होला । 

अहिले नेपाली फुटबल र त्यसले मारेको फड्कोको सामाजिक सञ्जालका फिडदेखि मिडियासम्म चर्चामा रहेको छ । जसको श्रेय भर्खरै नेपाली फुटबलमा  नयाँ मुख्य प्रशिक्षक  भएर भित्रिएका कुवेतका अब्बदुल्लाह अल्मुताइरीलाई जान्छ । अल्मुताइरीको आत्मविश्वास, रणनीति र  खेल शैलीमा भएको परिवर्तनले खेलाडी मात्रे होइन नेपाललाई समर्थन गर्ने फुटबल समर्थकको समेत मनोबल उच्च बनाएको छ । 

त्यसैले त इराकविरुद्ध ६ २ ले हारे पनि न खेलाडीको मनोबल घट्यो न नेपाली समर्थकको अल्मुताइरी र खेलाडी प्रतिको विश्वास । बरु उल्टै बढेर चाइनिज ताईपेईलाई सानदार रूपमा हरायो । प्रशिक्षणमा आएको केही महिनामै नयाँ शैली र आक्रमणकारी खेल देखाएर नेपालीको मन जित्न सफल भएका अल्मुताइरीले  ४-३-३ को संरचनामा खेल खेलाउने रणनीति तय गरेका छन् । 

May be an image of 8 people, people standing and outdoors

विगतको तुलनमा प्रशिक्षक अल्मुताइरीको आगमनसँगै टोलीमा परिवर्तन आएको  फरवार्ड अञ्जन विष्टदेखि गोलकिपर किरण चेम्जोङले समेत उल्लेख गरिसकेका छन् । 

May be an image of 3 people, people standing, people playing sport, grass and text that says "stc stc stc stc st stc stc stc stc stc stc stc sic sic sic"

तथापि, अल्मुताइरीको असली परीक्षा भने आजको खेलबाट सुरु हुने छ । किनभने आज विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले जोर्डनसंग भिड्दै छ । एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आजको खेलमा जित हात पार्नै पर्ने दबाब छ । भने उता नेपालभन्दा जोर्डन निकै सुधारिएको र सफल टोली हो ।  यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन । त्यस कारण पनि आज खेलाडीको प्रदर्शन र अल्मुताइरीको रणनीति नेपालका लागी एसियन कपको बाटोमा पूर्णविराम वा निरन्तरता हुन सक्छ । 

May be an image of 1 person, standing, playing a sport and outdoors

तैपनि अल्मुताइरी आत्तिएका भने छैनन् । बरु उल्टै खेलाडी र नेपाली समर्थकको हौसला बढाउँदै जोर्डन बलियो भए पनि खेल ०(० बाटै सुरु हुनेजस्ता प्रतिक्रिया दिएका छन् । अल्मुताइरीले बारम्बार सामाजिक सञ्जालहरू मार्फत खेल हारे पनि दोषी खेलाडिलाई  नदिनु भन्दै  आएका छन् । जसले गर्दा खेलाडीको आत्मविश्वास र प्रदर्शनलाई स्थिर बनाउन सहयोग पुगेको दशकले पनि अनुभूति गर्दै आएका छन् । उनको यो अन्दाजलाई नेपाली समर्थकले निकै रुचाएका छन् । 

May be an image of 2 people, people standing, people playing sport, outdoors and text that says "ANFA"

यसरी प्रशिक्षकको साथ र खेलाडीको आत्मविश्वासले नेपाली फुटबलमा सानदार प्रदर्शनका साथै  जितको पनि आस राख्न थालिएको छ । अल्मुताइरीको फर्मेसन र बदलिँदो रणनीतिले नेपाल फुटबल जगतमा नयाँ फुटबल युगको सुरुवातको सम्भावना बलियो बनाएको छ । 

May be an image of 1 person, standing, playing a sport and grass

यसैका सन्दर्भमा सामाजिक सञ्जालमा अल्मुताइरीले जोर्डनसंगको खेलअघि पनि नेपालीलाई हौसला दिदैं हाम खेल हार्नबाट डराउँदैनौं र हारे पनि त्यहाँबाट केही सिक्ने प्रतिबद्धता दिइसकेका छन् ।

 यसैलाई जोड्दै सामाजिक सञ्जालमा अल्मुताइरीको शैलीको निकै तारिफ हुने गर्दछ । त्यहीमध्ये यहाँ केही प्रस्तुत गरिएको छ ।