एजेन्सी । कप्तान सुनिल क्षेत्री चँम्कदा फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा भारतले पहिलो जित हात पारेको छ । सोमबार राति दोहास्थित जसिम विन हमाद स्टेडियममा भएको खेलमा भारतले बंगलादेशलाई २–० ले हराएको हो । यस जितसंगै भारतको एसियन कपमा छनोट हुने सम्भावना रहेको छ ।

खेलको ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै भारतलाइ अग्रता दिलाए भने ९०औं मिनेटमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।

यसैका साथ क्षेत्रीले गोलसङ्ख्या ७४ पुर्‍याएका छन् । भने ११७ क्याप जितेका छन् ।

नेपालको हार

त्यस्तै गएराति नै भएको खेलमा नेपाल भने जोर्डनसंग पराजित भएको छ । जोर्डन ले नेपालमाथि ३-० को जित निकाल्दै ६ खेलमा १३ अंक पुगेको छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

खेल हारेपनि पहिलेको तुलनामा निकै उत्कृष्ट प्रदर्शन गरेको नेपालले टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारको जिम्मा आफ्नो भएको बताएका छन् । अलमुताइरीले आगामि दिनहरुमा अझै सुधार गर्ने बाचा गर्दै पराजित रहे पनि गर्वले खेल्ने उल्लेख गरेका छन् ।