काठमाडौं । साताको तेश्रो कारोबार दिन सेयर बजारमा फेरी उछाल छाएको छ । आइतबार नयाँ रेकर्ड सेट गरेको बजारले सोमबार केहि गिरावट हुँदा मंगलबार भने पुनः नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार ५३.४४ अंकले नेप्से परिसूचक बढेर २९६०.१४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै आज परिसुचक बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार बजारमा १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल २१८ कम्पनीको कारोबार भएको छ।