काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ कार्यान्वयनमा ल्याएको छ ।

केन्द्रीय बैंकले मंगलबारदेखि नै लागू हुने गरी विनियमावली जारी गरेको हो । विनियमावलीमार्फत विदेशी लगानी भित्र्याउन केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।  विनियमावलीमा भनिएको छ, ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन’ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’