काठमाडौं । भारतका फुटबलर तथा राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्री एसियाको फुटबल इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् । गएराति विश्वकप छनोटअन्तर्गत सोमबार दोहास्थित जसिम बिन हमाद रंगशालामा भएको खेलमा बंगलादेशविरुद्ध २ गोल गर्दै भारतलाई जित दिलाएका थिए ।

३६ वर्षका सुनिलले ३३ वर्षिय अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई समेत गोलसंख्यामा उछिनेका छन् । यससंगै क्षेत्री सर्वाधिक गोलकर्ताको सुचिमा दोश्रो स्थानमा उक्लिएका हुन् ।

अन्तर्राष्ट्रिय फुटबलमा क्षेत्रीको गोल संख्या ७४ पुगेको छ । भने उनीभन्दा अगाडि पोर्चूगिच स्टार क्रिस्टियानो रोनाल्डोको १ सय ३ गोल रहेको छ । उता मेस्सीको अन्तराष्ट्रिय गोलसंख्या ७२ रहेको छ ।

मेस्सीले अर्जेटिनाका लागी हालसम्म १४३ खेल खेलेर ७२ गोल आफ्नो नाममा गरेका छन् । क्षेत्रीले भारतका लागी ११७ मात्रै खेल खेलेर ७४ गोल गरेका छन् । अर्थात् सुनिलले मेस्सीलाई २२ खेल कम खेलेर पनि पछि पारेका छन् ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सुनिल ११ औं स्थानमा पुगेका छन् । हंगेरीका सान्दोर कोच्सिस, कपानका कुनिशिगे कमामोतो र कुवेतका बशार अब्दुल्लाह ७५ गोलले सुनिलभन्दा अगाडि छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने विश्व खेलाडी :

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १ सय ३ गोल (१ सय ७४ खेल)

सुनिल क्षेत्री (भारत) – ७४ गोल (१ सय १७ खेल)

अलि मब्खोउट (यूएई) – ७३ गोल (९० खेल)

लिओनेल मेस्सी (अर्जेन्टिना) – ७२ गोल (१ सय ४३ खेल)

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) – ६६ गोल (१ सय १८ खेल)

लुइस सुआरेज (उरुग्वे) – ६३ गोल (१ सय १७ खेल)

ज्लाटन इब्राहिमोभिच (स्विडेन) – ६२ गोल ( १ सय १८ खेल)

रोमेलु लुकाकु (बेल्जियम) – ६० खेल (९३ खेल)

एडिन जेको (बोस्निया एण्ड हर्जगोभिना) – ५९ खेल (१ सय १४ खेल)

यसका साथै सुनिलले मेस्सीलाई पछि पारेपछि विश्व फुटबल संस्थान फिफाले पनि उनको सामाजिक स.जाल मार्फत् तारिफ गरेको छ । फिफाले आफ्नो अफिसियल ट्विटर ह्यान्डलबाट बधाई दिएको हो ।

संगै सामाजिक संजालहरुमा एसियाबाट कुनै फुटबलरले मेस्सी जस्तो खेलाडिलाई पछि छोडेको भन्दै सुनिलको एसियाली फुटबल समर्थकलले सपोर्ट गरेका छन् । तिनै मध्ये केहि नियालौं :