काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए । राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका हुन् ।