काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

आजको इजलासमा न्यायाधीश दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने वा नहुने भन्नेबारे राय दिनेछन् । यसअघि सरकार पक्षका वकिलहरुले दुबैजना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै विरोध गरेका थिए ।

विघटनविरुद्ध ३० वटा रिट परेका छन् । संवैधानिक इजलासमा  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।