काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई नबाहिरिने भएका छन् ।

बुधबार न्यायाधीश कार्की र भट्टराईले आफ्नो इजलासका सम्बन्धमा आफ्नो निर्णय सुनाउने भनिए पनि सुनाएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाई जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुने बताएका छन् ।

यसअघि बसेको संवैधानिक इजलासमा सरकारी पक्षका वकिलले दुबैजना न्यायाधीशलाई इजलासमा राख्न नहुने तर्क गर्दै आएका थिए ।

 संवैधानिक इजलासमा  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।