काठमाडौं । काठमाडौंको बौंद्धमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरका अवशेषहरु फेला परेका छन् ।

महानगरपालिकाको वडा नम्बर ६ बौद्धमा रहेको नयाँबस्तीमा शरीरको दायाँ पैतला र केही हड्डी फेला परेको थियो । सोही स्थानभन्दा केही मिटर पर अवशेष भेटिएको बताइएको छ ।

प्रहरीका अनुसार सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।