काठमाडौं । चितवनमा जारी निषेधाज्ञा पुनः एकसाता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय चितवनले असार ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

चितवनमा चाैँथोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहिबार रातिबाट सकिँदैछ । चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा वैशाख १५ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि दोस्रो चरणमा वैशाख ३१ गतेदेखि जेठ १३ गते सम्म निषेधाज्ञा थपिएको थियो ।

तेस्रो चरणमा जेठ १३ देखी २० गते सम्म निषेधाज्ञाको जारी गरेको थियो भने चौँथो चरणमा जेठ २० गते देखी २७ गतेसम्म निषेधाज्ञा थपिएको हो ।