काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक एकदिवसीय खेलबापत जनही १० हजार र टी–ट्वान्टीबापत ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेको हो । कार्यविधि पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले भत्ता पाउने तय भएको हो ।

नयाँ कार्यविधिअनुसार अब पुरुष खेलाडीले प्रतिएकदिवसीय खेलबापत १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ पाउने क्यानले बताएको छ ।