काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ जना र एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।