काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । जसपाको यादव पक्षसंगको सत्ता सहमतिपछि नेपाली कांग्रेस तीन मन्त्रीसहित सरकारमा जाने भएको हो ।

प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी अब कांग्रेसबाट गएका मन्त्रीले सम्हाल्नेछन् ।

यस्तै सरकारमा जाने मन्त्रीले आजै साढे सात बजे शपथ ग्रहण गर्ने भएका छन् ।