काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले (बिहिबार) आज विश्वासको मत लिदैं छन् । ठुलो दलको हैसियतमा वैशाख २९ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनै पर्ने भएका कारण आज मत लिन लागेका हुन् ।

तर, अल्पमतमा रहेका मन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखीएको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दिपक मनाङेले) विपक्षी गठबन्धनलाई साथ दिने संकेत देखाएपछि गुरुङको सरकार ढल्ने आकलन गरिएको छ ।

६० सदस्य भएको प्रदेशसभामा मुख्यमन्त्री गरुङलाई आफू नेतृत्वको सरकार जोगाउन ३१ सांसद चाहिन्छ । तर मनाङेले विपक्षीलाई साथ दिएको खण्डमा उनलाई बहुमत नपुग्ने देखिन्छ ।