एजेन्सी । भारतमा कोरोनाको दोश्रो लहर शान्त हुँदै गएपनि मृत्युदर भने अझै पनि चिन्ताजनक नै रहेको छ । भारतमा बितेको २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन ६ हजार १३८ संक्रमितको ज्यान गएको छ । यो भन्दा अघि १८ ‘मे’ मा ४ हजार बढीको मृत्यु भएको थियो । यसैबिचमा ९३ हजार ८२८ जना कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

भारतिय स्वास्थ्य विभागका अनुसार कयौं मानिसहरुको मृत्यु घरै आइसोलेसनमा बस्ने क्रममा भएको छ । कसैको कोरोनाबाट निको भैसकेपछि, कोहि अस्पताल जाँदै गर्दा त कसैको आइसोलेसनमै मृत्यु भएको विभागले जनाएको छ ।

यसमा विश्व स्वास्थ्य संगठनले पनि ५ प्रतिशत भन्दा बढी संक्रमणदर भएमा हालातको नियन्त्रण गर्न नसकिने बताएको छ ।