काठमाडौं । सर्वोच्च अदालतमा परेको नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ बिहीबार (आज) हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बनेको संवैधानिक इजलासमा सो रिटको सुनुवाइ हुँदैछ । रिटमाथि जेठ २१ गते शुक्रवार प्रारम्भिक सुनुवाइ शुरू भएको थियो । सो दिन उक्त रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सकिएको थियो । प्रधानन्यायाधीश राणाको नेतृत्वमा रहेको सवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सदस्य छन् ।

नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत छुट्टाछुट्टै ६ वटा रिट परेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता अध्यादेश जारी गरेकी थिइन् ।