काठमाडौं । काम चलाउ सरकारमा स्वास्थ्य मन्त्री बनेका शेरबहादुर तामाङले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार तामाङ र श्रीमती उषाकला राईको नाममा देशका विभिन्न भागका १४ स्थानमा जग्गा रहेको पाइएको छ ।

मन्त्री तामाङले खरिद र पुर्खौली गरि २२ तोला सुन ३५ लाख ऋण, २० लाख रुपैयाँको विभिन्न कम्पनीका सेयर रहेको खुलाएका छन् । त्यस्तै राईको नाममा कार र तामाङको नाममा मोटरसाइकल तथा दुई ल्यापटप र तीन मोवाइल रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसअघि तामाङ कानुननत्री हुँदा ७० लाख रुपैयाँ ऋण, १५ लाख सेयर ३० तोला सुन भएको विवरण सार्वजनिक गरेका थिए ।

स्वास्थ्यमन्त्री भएसंगै उनको ऋण र सुन दुवै घटेको देखिन्छ ।