काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका सात मन्त्रालय भर्न लागेका छन् ।

बिहिबार (आज) मध्यान्ह चार बजे प्रधानमन्त्री ओलीले सात मन्त्री र दुई राज्य मन्त्री नियुक्त गरि मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नवनियुक्त हुने मन्त्रीहरुको सपथग्रहण आजै साँझ हुनेछ ।

त्यस्तै खाली रहेका गृह मन्त्रालयमा खगराज अधिकारीको नाम चर्चामा रहेको छ भने सञ्चार तथा सूचना प्रविधिमा पुर्वगृहमन्त्री बादल पत्नी नैनकला थापाको नाम बाहिरीएको छ ।

ओलीले गत सातोको शुक्रबार जसपाको महन्थ पक्षलाई समेटेर गठन मन्त्रीपरिषद्को गठन गरेका थिए । आज हुने मन्त्रीपरिषद् विस्तार पनि त्यसैको निरन्तरता हो ।