काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएका छन् ।

मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन भएका छन् । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।