एजेन्सी । विश्वमा कोरोना भाइरसको संक्रमण फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विश्वमा संक्रमितहरु थपिएका छन् । आज एकैदिन विश्वभरमा चार लाख १५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । जहाँ संक्रमितमध्ये सबैभन्दा बेसी छिमेकि देश भारतका छन् ।

बितेको २४ घण्टाभित्रमा विश्वमा १३ हजार ७५५ संक्रमितले आफ्नो ज्यान गुमाएका छन् । भने भारतमा मात्रै हालसम्मकै उच्च ६ हजार बढीको ज्यान गएको छ ।

त्यस्तै, कोरोनाबाट छुटकारा पाउने तरखरमा रहेको बेलायतमा पनि पुन; संक्रमणदर फैलिएको छ । लकडाउन खुलेको २३ दिनपछि त्यहाँ सात हजार बढी संक्रमित भेटिए । यो भन्दा अघि पनि सात हजारकै हाराहारीमा संक्रमित फेला परेका थिए । जस पश्चात त्यहाँ कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनि दिइएको छ ।

उता चीनको गुआङ्जाउमा कोरोना फैलिएको कारण सिनेमा, थिएटर, नाइटक्लबहरू बन्द गरिएको छ । भने इन्डोनेसियामा १०० दिन पछि सबैभन्दा बढी संक्रमित देखिएका छन् । ताइवानमा पनि मृत्यु हुनेको संख्या बढेको छ ।

विश्वका दश कोरोना संक्रमित देश

देशसंक्रमितमृत्यु ठीक हुने
अमेरिका34,264,727613,49428,254,091
भारत29,182,072359,69527,645,225
ब्राजील17,125,357479,79115,596,816
फ्रान्स 5,725,492110,2025,458,349
टर्की 5,306,69048,4285,179,833
रूस5,156,250124,8954,761,899
ब्रिटेन4,535,754127,8604,281,627
इटाली4,237,790126,7673,936,088
अर्जेन्टिना 4,038,52883,2723,608,895
जर्मनी3,715,87090,1873,557,600