काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएकी हुन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापाले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने गृहमा खगराज अधिकारीले जिम्मेवारी पाएकी छन् । माओवादीबाट कारबाहीमा परेकी प्रदेश २ की सांसद ज्वालाकुमारी शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद्‌मा मन्त्री र राज्यमन्त्रीसहित ८ जना थप गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । यसअघि यी मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेका थिए । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार ४ बजे शीतलनिवासमा हुनेछ ।