काठमाडौं । काराेबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुँदा १ दशमलव ८ अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ७८ विन्दुम झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।

आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।