काठमाडौं । नवनियुक्त ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीवार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् ।

मौजुदा मन्त्रिपरिषद्मा ओलीले आज ७ जनालाई थप गरेका थिए । आफुसँग रहेका मन्त्रालय मध्ये गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरिएको थियो ।

सात मन्त्रीको शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।