काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।

गुरुङले बिहीबार मागेको को विश्वासको प्रस्तावमा बहुमत नपुगेपछि उनी पदमुक्त भएका हुन् । योसँगै उनी नेतृत्वको सरकार ढलेको छ ।

सरकार टिकाउनका लागि ६० सदस्यीय प्रदेशसभामा ३१ मत आवश्यक पर्ने भए पनि उनले जम्मा २७ मत पाएका छन् । विपक्षमा ३० मत परेको छ । प्रदेशसभा बैेठकमा ५८ जना उपस्थित भए पनि जम्मा ५७ जनाले मतदान गरेका छन् ।

एक जना तटस्थ बसेका छन् । राजीव गुरुङ (दीपक मनाङे) मतदानमा अनुपस्थित भए ।