काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका शिर्षनेतासँग आज छलफल गर्न लागेका छन् ।

सभामुख सापकोटाले बुधबार नै पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा डाकिएको छ । दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीको सचिवालयले भने आफूहरुलाई थाहा नभएको बताएको छ । जसमा प्रधानमन्त्री सहभागी हुने/नहुने टुंगो छैन ।

दोस्रोपटक प्रतिनिधिसभाविघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए ।