काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजबाट (शुक्रबार) सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो । प्रतियोगिताको उद्घाटन खेल इटालिमा हुनेछ ।

इटालीको रोममा हुने पहिलो खेलमा घरेलु टोली इटाली र टर्कीले प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिक स्टेडियम हुने उद्घाटनखेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छन् । प्रतियोगिताको उपाधि दावेदार रहेको इटाली यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यो पटकको युरोकप युरोपका ११ सहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लन्डनको वेम्बली स्टेडियममा हुनेछ ।

वेम्बली स्टेडियममा भने दर्शकहरुलाई छिर्न स्विकृत दिएको छ ।

यस्तो छ युरोकपको समूह विभाजन :
समूह ‘एं’ – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी