काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरी पदमुक्त भएका छन् ।

जनमोर्चाको सिफारिशमा गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सांसद थापालाई पदमुक्त घोषणा गरेका हुन् । उनले प्रदेश सभामा ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको जनमोर्चाले जनाएको छ ।

यसअघि पनि जनमोर्चाले उनलाई कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत थमौति गरेको थियो ।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका थिए । जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुने ह्विप जारी गरेको थियो । तर, थापा तटस्थ बसेका थिए ।