काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका बृहत नागरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अघि प्रदर्शनमा उत्रिएका नागरिक अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती लगायत २० जनालाई पक्राउ गरेका छ । उनीहरु चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले कानुनी बाटो छलेर सत्ताको आडमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै प्रदर्शन गरेकाले प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका २० जना अगुवाहरुलाई कमलपोखरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा अनावश्यक भीडभाड गरिएको हुनाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।