काठमाडौं । बलात्कारको आरोपमा कञ्चनपुरमा एकजना पक्राउ परेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ धरमपुरकी १९ वर्षीय युवतीलाई बिहीबार नजिकैको जंगलमा लगि मादक पदार्थ सेवन गराई सामुहिक बलात्कार गरेको उजुरीपछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो । बेदकोट–६ का २२ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको र अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

बिहीबार नजिकैको जंगलमा सबै घुम्न गएका बेला युवतीलाई मादक पदार्थ सेवन गराई सामुहिक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।

युवतीको स्वास्थ्य परीक्षण भईसकेको र रिपोर्ट आउन बाँकी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।