काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले उक्त आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेको छ।

एमाले स्रोतका अनुसार कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि ‘भ्याकेट’ मा जाने बताइएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न आदेश दिएको थियो । उनीहरूलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन भनिएको छ ।

उनीहरु माधव पक्षका सांसद हुन् ।