काठमाडौं । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए । नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीयले दुई जना बालिका हराएको भनेपछि उनीहरुको खोजी जारी रहेको बताइएको छ ।