काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ । तर, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन् ।

१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन् ।