
काठमाडौं । युरो कप २०२० मा डेनमार्क र फिनल्यान्ड बिचको गए राती भएको दोस्रो खेलमा ठुलो दुर्घटना भयो । जसको केही घण्टा पुरै विश्व फुटबल स्तब्ध बनेको थियो । अर्थात् गए राति खेलको दौरान २९ वर्षीय डेनिस स्टार प्लेयर क्रिश्चियन एरिक्सन खेलको ४३ औं मिनेटमा अचानक अचेत भई मैदानमै बेहोस भए । मेडिकल टिमलाई तुरुन्त मैदानमा बोलाइयो । १५ मिनेट मैदानमै उपचार गरेपछि अस्पताल लगियो । एक्कासि ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए ।
यो घटना पछि विश्वभरका प्लेयर र प्रशंसक उनका लागी प्राथना गरिरहेका छन् । गम्भीरतालाई ध्यानमा राख्दै यूईएफएले पनि तत्काल खेल स्थगित गरेको थियो ।
यद्यपि दुवै टोलीका खेलाडीको अनुरोधमा २ घण्टा रोके पछि खेल ४३ मिनेटबाट फेरि सुरु भएको थियो। खेल कोपेनहेगनको पर्केन स्टेडियममा खेलाइएको थियो। पुन: सुरु भएको खेलमा मथियास जेन्सेनलाई एरिक्सनको विकल्पको रूपमा मैदानमा पठाइएको थियो । खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० ले हरायो। खेल हारे पनि मिडिया रिपोर्टका अनुसार एरिक्सन हाल ठिक छन् ।
एरिक्सनका लागी किन विश्व प्राथना गर्दै छ ?
खेलको ४३ औं मिनेटमा डेनमार्कले थ्रो इन पायो । त्यतिबेला स्कोर ०-० थियो। डेनमार्कका खेलाडीले बल एरिक्सनलाई पास गरे । बल प्राप्त गर्नुपुर्व नै एरिक्सन अचानक बेहोस भए। त्यसपछि तुरुन्त उनका सहयात्री साथीहरूले चिकित्सा टोली बोलाए । उनलाई मैदानमा सीपीआर दिइयो। त्यसपछि उनलाई अस्पताल लगियो।

एरिक्सन अचानक बेहोस भएपछि केही बेरका लागी विश्व फुटबल समर्थक निकै चिन्तित बनेका थिए । सामाजिक सञ्जालहरूमा स्टार खेलाडी देखी कलाकार सम्मले उनको लागी स्वास्थ्यमा सुधारका लागी कामना गरिहेका थिए ।

मैदानमा पनि एरिक्सनका सहयात्रीले मेडिकल टीम आउने बित्तिकै उनलाई घेरेर सम्मान दिएका थिए ।

खेल हेरिरहेका समर्थकहरू त्यही आँसु झारिरहेका थिए ।
‘क्रिस, क्रिस आइ लभ यु!’ – लुकाकु

बेल्जियन फरवार्ड रोमेलु लुकाकुले पनि युरोकपको समूह चरणको पहिलो खेलमा रसियाविरुद्ध गरेको गोल आफ्नो क्लब सहयात्री एरिक्सनलाई समर्पित गरेर ‘क्रिस, क्रिस आइ लभ यु’ भनेका छन् ।
गोलपश्चात खुशियाली मनाउन लागेका सहयात्राीलाई रोके र क्यामेरामा हेदै भने, ‘क्रिस, क्रिस आइ लभ यु१’ लुकाकुले एरिक्सनप्रति गरेको यो समर्पणको यो भिडियो फुटेज र तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।


प्रतिक्रिया दिनुहोस्