काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से परिसुचक ३८ दशमलव ३२ अंकले बढ्दा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको सेयर कारोबार भएको छ । आजको कारोबार रकम हालसम्म कै उच्च हो ।

आजको दिन नेप्से ३८.३२ ले बढेर २ हजार ९ सय ८३ दशमलव ११ अंक पुगेको छ । भने आज ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएको छ ।