काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो ।

बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ ।