काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।