काठमाडौं । युरो २०२० कोपेनहेगनको मैदानमा शनिवार फिनल्यान्ड र डेनमार्कबिच खेल हुँदै थियो । मिनी विश्वकपलाई विश्व फुटबल समर्थकले एक ध्यान दिएर हेरिरहेका थिए । पहिलो पटक युरो खेलेको फिनल्यान्डमा निकै खुसीयाली छाएको थियो । खेल सामान्य स्थितिमै थियो । तर खेलको ४३ औं मिनेटमा यस्तो घटना घट्यो, जसपश्चात् पुरै विश्व फुटबल जगत् स्तब्ध भयो । फुटबल हेर्ने समर्थकदेखि नहेर्नेसम्मका आँखा रसाए । महामारीले एक वर्ष पर धकेलिएको युरोमा यस्तो घटना घट्दा फुटबल समर्थकको मन भाँचियो ।  त्यो दृश्यले मुटु काम्यो । अर्थात् ग्रुप बिको पहिलो खेलमा डेनमार्कको क्रिस्टियन एरिक्सन अचानक अचेत भई मैदानमै लडें । खेल हेरिरहेका समर्थकको मुटु काम्यो । सबैले टाउको समाए । यो यस्तो स्थिति थियो जसको लागी कोही तयार थिएनन् ।

तर एरिक्सनका सहयात्री भावुक भएनन् । विचलित भएनन् । सुझबुझका साथ उनीहरूले मेडिकल टोली बोलाए । रेफ्रिले पनि तुरुन्तै सिट्ठी फुके ।  चिकित्सकहरू तुरुन्तै मैदानमा उत्रिए एरिक्सनलाई मैदानमै हृदय रोगको उपचार सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन)  दिए। झन्डै १५ मिनेट मैदानमा नै उपचार गरे । एरिक्सन सारा संसारको आँखाको सामु जीवनको लागि संघर्ष गर्दै थिए । अनि उनको सास जोगाउन लागी परेका खेलाडी र स्वास्थ्य टोलीलाई भने धैर्य कायम गर्न मुस्किल भैरहेको थियो ।  खेल मेडिकल इमरजेन्सीको कारण लगभग दुई घण्टाको लागि स्थगित गरियो।


तर मान्नै पर्छ डेनमार्क खेलाडीको साहस, सहकर्मीमाथिको माया र सम्मानलाई । जब पुरै विश्व जिवन र मृत्युको बिच मैदानमा लडेका एरिक्सनको अवस्था नियालिरहेको थियो । तब एरिक्सन वरिपरि डेनिस खेलाडीहरूले मानव शृङ्खला बनाए । अनि फेरी एक विश्वमा मानवता कायमै छ भन्ने मिसाल खडा गर्दै प्रतिद्वन्द्वी फिनल्यान्डका फ्यानहरूले पनि स्ट्यान्डबाट आफ्नो राष्ट्रिय  झन्डा फालिदिए । ताकि एरिक्सनको उपचार गोप्य रहोस्  ।  हाईडेफिनिशन क्यामेरा बाट बचाउन सकियोस् । 

उपचारको क्रममा डेनिस खेलाडीहरूले मानव शृङ्खला बनाए
उपचारका लागि लगियो

क्रिस्टियन एरिक्सन उनको जीवनको अन्तिम क्षणमा थिए । तर यति सजिलै उनका साथीहरूले हिम्मत हार्न दिएनन् । मानव चेन बनाउँदा कोही स्तब्ध देखिन्थें त कोही सायद भन्दै थिए, प्लिज गड । त्यति मात्रै होइन एरिक्सनको नाम सुन्ने/नसुन्ने विश्व बासीहरू नै सामाजिक सञ्जालदेखि सामाजिक मिडियामा  उनको स्वास्थ्यका सुधार भएको सुन्न आतुर देखिन्थें । विश्वका अफ्रिकाका देश देखी एसियाको काठमाडौँसम्मका समर्थक चिन्तित थिए । विश्व फुटबल रङ्गमञ्चमा  एउटै स्वर घन्किरहेको, प्लिज गड – एरिक्सनको जीवन फिर्ता देऊ ।   

फैन्स भी रोने लगे थे।
प्रशंसकहरू पनि रुन थाले।

समर्थकहरू केही गर्न गर्न सक्दैनथें । तर अवश्य पनि विश्वास र प्रार्थना  भने उनीहरूको एक विकल्प थियो । भगवानको अगाडि हात जोडेर कहिल्यै नभेटेको, व्यक्तिगत रूपमा नचिनेको केही सम्बन्ध नभएको खेलाडीको जीवनको लागी विश्व भगवानसंग घुँडा टेक्दै थियो । सायद थोरैले प्रार्थना गरेको भए पक्कै पनि भगवानले सुन्ने थिएनन् होला। कलियुगमा यति धेरै माया, सद्भाव र मानवता देखेर भगवान पनि एकछिन त जिल खाए होलान् अनि फर्काइ दिए एरिक्सनको जीवन। एरिक्सनको चेतना फिर्ता भयो। त्यति बेला उनको चेतना मात्रै होइन फुटबल समर्थकको होस पनि आएको थियो। पछि समर्थकहरू बल्ल लामो सास फेरेर उनको पूर्ण स्वस्थको कामना गर्न थालेका थिए । मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । 

एरिक्सनकी पत्नीलाई सान्त्वना दिदैं 

त्यसपश्चात् डेनिस फुटबल एसोसिएसनले एरिक्सन अस्पतालमा स्थिर रहेको तुरुन्तै एक विज्ञप्ति मार्फत जानकारी गरायो । पुन सुरु भएको खेलमा मथियास जेन्सेनलाई एरिक्सनको विकल्पको रूपमा मैदानमा पठाइयो । तर मानसिक रूपमा कमजोर बनिसकेका डेनिस खेलाडीले खेल जित्न सकेनन् । न त  पहिलो पटक ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको फिनल्यान्डका खेलाडीले गोलको खुसी नै प्रतीत गर्न पाए । तर मैदानमा उपस्थित डेनिस र फिनल्यान्डका खेलाडीले देखाएको कौशलताले भने  विश्वकै मन जित्यो ।  

को हुन् क्रिस्टियन एरिक्सन

२९ वर्षीय क्रिस्टियन एरिक्सन युरोपको सबैभन्दा रचनात्मक मिडफिल्डर्स मध्ये एक हुन्। उनले १० नम्बरको जर्सी लगाएर प्लेमेकरको भूमिका निर्वाह गर्छन् ।   टोटेनह्याम स्पोर्समा सबै भन्दा रचनात्मक र महत्त्वपूर्ण खेलाडी थिए उनी । तर उत्तर लन्डनमा बिताएको आठ वर्षको अवधिमा उनले एउटा पनि ट्रफी जित्न सकेनन् । तथापि उनले २२६ म्याचमा ५१ गोल भने अवश्य गरेका थिए । त्यसपश्चात्  गएको वर्ष इटालियन क्लब इन्टर मिलानमा गए जहाँ उनले पहिलो सिजनमै क्लबलाई ११ वर्षपछि  लिग जिताउन सहयोग पुर्योए । 

क्रिश्चियन एरिक्सन डेनमार्कको सबैभन्दा प्रसिद्ध र सबैभन्दा सफल फुटबलरमा पनि पर्दछन् । उनले डेनमार्कका लागि अहिलेसम्म १०९ खेलमा ३६ गोल गरेका छन् । एरिक्सनले २०१० मा नेदरल्याण्ड्स क्लब आयाक्सबाट  व्यावसायिक खेल क्यारियरको सुरुवात गरेका थिए । जहाँ उनले ११३ लिगमा २५ गोल आफ्नो नाममा दर्ता गरेका छन् । 

यसै सन्दर्भमा सामाजिक संजालमा एरिक्सनको स्वास्थ्य सुधारका लागी विश्वले गरेको प्रार्थना र डेनिस टोलीको तारिफ :