ए पीडा किन सुस्त सुस्त आउँछस्,
हर छिन हर प्रहर किन सताउँछस् ।
कमसेकम पुर्वजानकारी दिएर त आ,
जादां कहिल्यै नफर्किने गरी त जा ।।
ए पीडा किन सुस्त सुस्त आउँछस्‘

झट्ट जता मनलाग्यो उतै जान्छस्,
भन न पीडा के दिउं त के चाहन्छस ।
कति तड्पाइ तड्पाइ राख्छस सबैलाई,
कसले भनेको मान्छस्  त पुकारौँ कसलाई ।।
ए पीडा किन सुस्त सुस्त आउंछस ‘

कहिल्यै त मैले जस्तै बाटो बिराउनु नि,
एकान्तमा एक्लै रमाउनु हराउनु नि ।
कति अरुलाई दुख दिएर खुसी हुन्छस्,
कहिले काहीँ त त पनि धित पुर्‍याइ सुत्नु नि ।।
ए पीडा किन सुस्त सुस्त आउंछस‘

दुई दिनको जिन्दगीमा हाँस्न दे न,
खुसी साथ दुई साँझ बाच्न दे न ।
कति अरूको पिछा लागेर बस्छस् सधैँ,
यसो आफन्त साथीभाइ भेट्न जा न  ।।
ए पीडा किन सुस्त सुस्त आउंछस ‘

ए पीडा अब आउँदा खबर पठाएर आउनु,
म स्वागतको लागि तम्तयार भई बसुँला ।
तलाइ सधैँ आउन गाह्रो मलाइ झेल्न गाह्रो,
अब एकै चोटि आ बरु मलाइ पनि संगै लगेर जा ।।
ए पीडा किन सुस्त सुस्त आउंछस,
हर छिन हर समय किन सताउंछस्‘