काठमाडौं । इजरायलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्रीको पद केवल एक मतको फरकमा गुमेको छ । जसपश्चात दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले परिवर्तनको सरकार को नेतृत्व गर्दै नयाँ प्रधानमन्त्रको पदभार समालीसकेका छन् । अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्रीमा चुनिएका हुन्।

आठ दलसंगको गबन्धनबाट बेनेट २ वर्षका लागी प्रधानमन्त्री रहनेछन् । सत्ता समीकरणसम्बन्धी सम्झौता अनुरुप त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन्।

योसंगै विश्व नेताहरुले इजरायलका नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेका छन् । तर प्यालेस्टाइनहरुले नयाँ सरकारलाई खासै चासो देखाएका छैनन् । अघिल्लो प्रशासनकै व्यवहारको निरन्तरता हुने प्यालेस्टिीहरुले ठानेका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यो इजरायलको आन्तिरिक मामिला भएको बताएका छन् । उनले भनेका छन्, हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं ।

यद्यपि विश्व नेताले भने बेनेटलाई खुला हृदयले स्वागत गरेर कार्यकालको लागी बधाइ दिएका छन् ।

विश्व नेताले इजरायलको नयाँ सरकारप्रति कस्तो प्रतिक्रिया देखाए प्रस्तुत छ :

जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई फोन गरेरबधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उहाँलाई फोन गरेर बधाई दिएको समाचारमा जनाइएको छ ।

जर्मन चान्सलर एन्जेला मार्केल

जर्मन चान्सलर एन्जेला मार्केलले इजरायलका नयाँ प्रधानमन्त्रीसँग नजिकबाट काम गर्ने आशा गरिरहेकी छिन्। “जर्मनी र इजरायल एक अनौंठो मित्रताबाट जोडेको छ जुन हामी अझ सुदृढ पार्न चाहन्छौं। यस कुरालाई ध्यानमा राख्दै, म तपाईंसँग घनिष्ट रूपमा काम गर्ने आशा गर्दछु। उनको सचिवालयले ट्विटरमा पोस्ट गरेका छन् ।

महमूद अब्बास

प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासको कार्यालयले परिवर्तन इजरायलको सरकारसामु प्यालेस्टाइनको माग एउटै रहेको उल्लेख गरेको छ ।

‘यो इजरेलीहरूको आन्तरिक मामिला हो। हाम्रो धारणा स्पष्ट छ। हामी सन् १९६७ को सिमानामा आधारित र जेरूसलेम राजधानी रहेको प्यालेस्टिनी राज्य चाहन्छौं,’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एक जना प्रवक्ताले भने।

हमास समूह प्रवक्ता

हमासका प्रवक्ता फौजी बारहूमले नयाँ प्रशासनको रङ जस्तो भए पनि इजरायलको अस्तित्व औपनिवेशिक नै रहने बताएका छन् ।

इजरायलमा सरकारको आकार जस्तोसुकै भए पनि त्यसले सियोनवादी इकाईलाई हेर्ने तरिका बदल्ने छैन, बारहूमले भने “यो पेशा र औपनिवेशिक संस्था हो, जसलाई हामीले आफ्नो अधिकार फिर्ता पाउन बलपूर्वक प्रतिरोध गर्नुपर्दछ।”

सेबास्टियन कुर्ज

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले बेनेट र ल्यापिडलाई बधाई दिदंै र उनीहरुसँग काम गर्न इच्छुक भएको जनाएका छन् । ‘अस्ट्रिया एक यहूदी र प्रजातान्त्रिक राज्यको रूपमा इजरायलको लागि प्रतिबद्ध छ र इजरायलको पक्षमा खडा हुनेछ,’ उनले ट्विटरमा भने।

ईरान

आईएसएनए समाचार एजेन्सीका अनुसार तेहरानले नयाँ सरकार अन्तर्गत इजरायली विदेश र सुरक्षा नीति परिवर्तन हुने अपेक्षा गरेको छ ।

जस्टिन ट्रूडो

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बेनेट र ल्यापिडसँग मिलेर काम गर्ने आशा गरेका छन् । एक विज्ञप्तिमा ट्रूडोले द्विपक्षीय व्यापार सम्झौताको माध्यमबाट क्यानाडा र इजरायल बीचको सम्बन्धलाई अझ सुदृढ पार्ने तरिकाहरू खोज्ने बताएका छन् ।

बाँकी विश्वले यसरी गर्‍यो इजरायलको नवनियुक्त प्रधानमन्त्रीलाई स्वागत

हेलेनिक गणतन्त्रको प्रधानमन्त्री
भारतका प्रधानमन्त्री