काठमाडौं । नेपालले चीनबाट कोरोना विरुद्धको खोप तत्काल किन्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज (बिहीबार) बसेको बैठकले चीनबाट ४० लाख मात्रा खोप खरिद प्रक्रिया सुरु गरिने भएको हो ।

खोप ल्याउन गृहकार्य भइरहेकाले छिटै नेपालीले खोप लाउन पाउने बताइएको छ ।