एजेन्सी । अविश्वसनीय रूपमा १६ सफल वर्षपछि स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले क्लब छोडेका छन् ।

रियल म्याड्रिडले बुधबार कप्तान सर्जियो रामोसले क्लब छोडेका पुष्टि गरी एक कार्यक्रमको आयोजना गर्दे उनको बिदाई समेत गरिसकेको छ । क्लबका अध्यक्ष फ्लारेन्टिनो पेरेजले रामोसलाई रियलको ब्याच प्रदान गर्दै बिदाई गरेका हुन् ।

घर छोड्नुभन्दा अघि क्लबका अध्यक्ष पेरेजले रामोस रियलको एक महान योद्धामध्ये एक भएको बताउँदै सेप्टेम्वर २००५ लाई कहिल्यै भुल्न नसक्ने बताएका थिए । उक्त दिनमा रामोस रियल आबद्ध भएका थिए ।

बिदाई कार्यक्रममा रामोस पनि निकै भावुक देखिन्थें । उनले मैदानमा रहेर बिताएका क्षणहरुको कल्पना गर्दै ‘पछि भेटौंला’ भनी फेरी पछि अनुबन्ध हुन सक्ने सन्देश दिएका छन् ।

May be an image of 2 people
बिदाईमा रामोस निकै भावुक देखिन्थें

बिदाईमा रामोसले आफ्ना सहयात्रीदेखी कोच, क्लबका कामदार समेतलाई सम्झिंएका छन् । रियलमा रामोसले म्याड्रिडका लागि १६ सिजनमा ६ सय ७१ खेल खेल्दै १ सय १ गोल गरेका थिए । उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग, २ पटक कोपा डेल रे, ४ पटक स्पेनिस सुपर कप, ३ पटक यूईएफए सुपर कप तथा ४ पटक क्लब विश्वकप जिते ।

रामोसले बिहीबार क्लबलाई भावनात्मक बिदाई भाषणले विश्वका सम्पुर्ण फुटबल समर्थकलाई नै भावुक बनाएको छ । उनले एकदिन अवश्य ‘रियल फर्किने’ भन्दै अब आफ्नो जिवनको नयाँ अध्याय सुरु भएको सुनाएका थिए ।

योसंगै फुटबलका समर्थकहरु निराश बनेका छन्, विशेषगरि रियल म्याड्रियका समर्थक । त्यसैले आज सामाजिक संजालभरि रामोसले क्लब छोडेकोमा समर्थकहरुले दुख मनाउ गरेका छन् ।

अचानक बुधबार राति म्याड्रिडले विज्ञप्ति जारी गर्दै कप्तान सर्जियो रामोसले क्लब छाड्ने बताएपछि संजालहरुमा उनलाई तथा क्लबलाई माया गर्ने समर्थकहरु अन्तिम समयसम्म पनि नछोड्ड आग्रह गरिरहेका थिए ।

यसै सन्दर्भमा रामोसले क्लब छोड्ने भने संजालमा आएका प्रतिक्रिया :

रामोसका पूर्व सहयात्री ओजिलले समाजिक संजालमा उनलाई क्लबको इतिहासको सबभन्दा ठूलो योद्धा बताएका छन् ।

रियलकै अफिसियल समाजिक संजालले पनि रामोसको बिदाइमा ट्रफिसंगैको फोटो राख्दै धन्यवाद दिएको छ ।

रियलका खेलाडि करिम बेन्जेमाले पनि रामोस एक क्यापिटेन भन्दा बढी, साथी भएको बताउँदै बिधाइ गरेका छन् ।

केही फ्यानहरू पूर्ण रूपमा व्याकुल छन्।