हिजो अधिकारको लागि लड्दै गर्दा कैयौंले आफ्ना गुमाए,
बल्लतल्ल आएको गणतन्त्रमा पनि सबै आफै हराए,
भेदभावको अन्तय गर्न भनि कैयौं कानुन तोकिए ,
तर विडम्बना
तर विडम्बना
समाजिक परिवर्तनमै सबै अल्झिए !

परिवर्तन चाहानु गलत थिएन तर आजकोभोली सम्भावना पनि त थिएन१
तर नि भोटको होडमा जबर्जस्ती लादियो
कुर्सीको लोभमा शासक मातिए,
दुई छाक पेटमा,जनताजति सबै दलमा !
अझ पनि राम्रो भन्दा नि हाम्रोको मोहमा सब अल्झियो
खोइ यो गणतन्त्र कस्को लागि पो भित्रियो ?

हिजो एकजुट मेरो देशलाई धर्मको नाममा छरपस्ट पारियो,
हक र हितको लागि भनी हामी नि अग्रसरतामा लागियो,
तर खोइ के अधिकार आयो,
तर खोइ के अधिकार आयो
भाइले भाइलाई विदेशीको छाप लागाइदियो !

नागरिकताको नाममा राजनिती भइरह्यो,
मौलिक अधिकार त टाढा रह्यो,
राष्ट्रवादमा पो प्रहार भइदियो,
खोइ के गणतन्त्र आयो !
जनता आज स्वतन्त्रताको नाममा झन शोषणमा,
शासक विशेषाधिकारको नाममा महलमा !

हिजो जन आन्दोलनमा नि जनता सकिए,
आज कोरोनाको कहरमा नि जनता नासिए,
हिजो-आज बाढीले बगाएर जनता नै भासिए,
खोइ के गणतन्त्र आयो !
हरेक पाइलामा यहाँ जनता नै मासिए
खोइ के गणतन्त्र आयो
हरेक पाइलामा यहाँ जनता नै मासिए।

सविना बुढाथोकी