मनसुन सुरु भएसँगै खेत रोप्न धानको बीउ काढ्दै कैलालीका किसान । यति वेला यहाँका किसान धान रोपाइँमा व्यस्त छन् । तस्बिर ः दुर्गा देवकोटा
रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका किसान ब्याडमा धानको बीउ उखेल्ने क्रममा मोबाइल फोनबाट आफन्तसँग कुरा गर्दै । सञ्चारको साधन मोबाइलले जनजीवनलाई सहज बनाइ दिएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु
रानीपुरका महिला पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्मबाटै खेतमा रोपाइँ सम्पन्न गर्छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु
किसान धान रोप्नका लागि खेत गोरूको सहायताले हिल्याउँदै । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
रानीपुरका किसान उखेलिएको धानको बीउ खेत रोप्न लैजाँदै । यो वर्ष समयमै मनसुन भएकाले धान रोप्न किसानलाई यति वेला चटारो भएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷