काठमाडौं । सिन्धुपाल्चोकमा अकल्पनिय रुपमा बाढी पहिरो गएपछि त्यहाँका वासिन्दाको जनजिवन कष्टकर बनेको छ । कयौंको घरखेतदेखी चौपाया बाढीले बगाइदिएको छ। कयौंका सम्पत्ति देखी आफन्तसमेत बाढीमा मिसिएका छन् । सिन्धुपाल्चोक हाल विचल्लीमा परेको छ । तर पनि त्यहाँका व्यवसायीदेखी सामान्य मानिसहरुले अझै हार खाएका छैनन्। त्यहाँका मानिसहरु आफ्नो पुरिएको घरबाट बचेकुचेका सामानहरु निकाल्नमा व्यस्त देखिन्छन्। सिन्धुपाल्चोकमा अहिले मानिसको दिनचर्या बाढीको लेदोले पुरिएको घर हेर्नेदेखी काम लाग्ने वस्तुहरु निकाल्दै बितेको छ ।

केहि तस्बिरहरुमा बाढीपछिको सिन्धुपाल्चोक नियाल्दा:

बाढीले घर गोठ बगाएका हेलम्बु, चनौटेका स्थानीयवासी भैँसीलाई सुरक्षित स्थानतर्फ लैजाँदै । तस्बिर ःप्रदीपराज वन्त
सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्र्दैै । तस्बिर : प्रदीपराज वन्त
व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्दै। तस्बिर ःप्रदीपराज वन्त
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी
बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध । तस्बिरः प्रदीपराज वन्त
पहिरो र बाढीले प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची–हेलम्बु जोड्ने मोटर बाटोमा निर्माण कार्य गरिँदै । तस्बिरः देवराज सुवेदी